महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको आईपीओ जारी गर्ने, सञ्चालकमा ५ जना निर्वाचित

  २०७७ फागुन ३ गते १४:१६     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । फागुन ३ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले सर्वसाधारणको लागि सो मात्राको सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभाले संस्थापकहरुको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई आगामी ४ वर्षका लागि सञ्चालकमा निर्वाचित गरेको हो ।

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्याकडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.