बीमा समितिको अध्यक्ष पद खाली, चापागाई बसे विदामा

  २०७७ पुष १३ गते २१:०६     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रकाे नियामक निकाय बीमा समितिमा अध्यक्षकाे कुर्सी खाली भएको छ । मंगलबारदेखि अध्यक्ष चिरञ्जीवि चापागाई विदामा बसेका छन् । चार वर्षे कार्यकाल सकिन एक साता बाँकी हुँदा उनी विदामा बसेका हुन् ।

उनले २०७३ पुस २४ गते नियुक्त पत्र पाएका थिए । अर्को कार्यकालको लागि सरकारले पुनः नियुक्ती नगरेमा चापागाईले २३ गते औपचारिक रुपमा बीमा समितिबाट विदा लिने छन् ।

अध्यक्ष चापागाई मंगलबारदेखि विदामा बसेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । चापागाईले समितिमा थप एक कार्यकाल काम गर्ने इच्छा राखे पनि नेकपा विभाजनपछि उनको निरन्तरताको सम्भावना कम रहेको जानकारहरु बताउँछन् ।

शुरुमा १० वटा जीवन र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाईसेन्स वितरण गरेको भनेर पुराना कम्पनीको तर्फबाट आलोचना खेप्नु परेपनि चापागाईको चार वर्षे कार्यकाल सफल भएको छ ।

चार वर्षको अवधिमा बीमाको पहुँच ७ प्रतिशतबाट २७ प्रतिशत पुग्नु, कुल ग्राहस्थ्य उत्पादामा बीमा क्षेत्रको योगदान १.५ प्रतिशतबाट ३ प्रतिशत पुग्नु, यस अवधिमा बीमा क्षेत्रमा करिव ४ अर्ब रुपैयाँ थप लगानी हुनु, हजारौको संख्यामा रोजगारी वृद्धि हुनु चापागाईको पालामा देखिने विकासका सूचकाङ्क हुन् ।

बीमा कम्पनीहरुले जोखिममा आधारित भएर पुँजी कोषको प्रबन्ध गर्नुपर्ने नियम लागू गर्नु, एनएफआरएस लागू गर्नु, संस्थागत सुशासन निर्देशिका संशोधन गरी खुकुलो बनाएर बजारलाई सहजीकरण गर्नु उनका सकारात्मक प्रयास थिए ।

बीमा बजारसँग सम्बन्धित पक्षको समास्या सुन्ने र समाधानका लागि सक्रिया भएर लाग्ने उनको कार्यशैली बीमा क्षेत्रका धेरैले मनपराएका थिए । तर पछिल्लो समय कोभिड–१९ बीमाबारे बीमा समितिले लिएका लिएकाे नीति र निर्णयलाई लिएर बजारमा उनको आलोचना हुँदै अाएकाे छ ।

नयाँ बीमा ऐन संसदबाट पारित गराउन नसक्नु, बीमा कम्पनीहरुको नियमनका लागि कडा रुपमा प्रस्तुत हुन नसक्नु उनको अर्को कमजोरी रह्यो । यद्यपी पूर्व अध्यक्ष डा फत्तबहादुर केसीले ८ वर्षसम्म गतिहिन बनाएकाे बीमा क्षेत्रलाई गतिशित बनाउने कार्यमा अध्यक्ष चापागाइ सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.