एशियन लाईफकाे सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त

  २०७७ मंसिर २९ गते १५:१५     विकासन्युज

काठमाडाैं । एसियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । उनलाई सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएकाे बीमा समिति स्राेतले जनाएकाे हाे ।

बीमा समितिले सीईओ बन्न स्वीकृती दिएसँगै उनी एसियिन लाइफको सीईओमा नियुक्त भएका हुन् । एसियन लाइफ इन्स्योरेन्सले उनलाई सीईओ बनाउनका लागि बीमा समितिमा तीन साताअघि  सिफारिस गरेको थियाे ।

उनी यसअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । उनी विगत १८ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत छन् ।

एसियन लाईफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठकाे कार्यकाल सकिएपछि विगत असारदेखि नै उक्त पद खाली थियाे भने हाेमबहादुर श्रेष्ठ निमित्त प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.