अब १ रुपैयाँमै चढ्नुहोस् होण्डाकाे बाइक र स्कुटर

  २०७७ असोज १३ गते १५:२४     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैंलाई लक्ष्ति गरी “हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा” नामक योजना  ल्याएको छ । उत्सवको यस अवसरमा होण्डाले यो योजनालाई नेपाली बजारमा ल्याएको हो ।

असोज ११ गते मंगलबारका दिनदेखि लागू हुने यस योजना अविधि भर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १% को ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामै ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्र्याच कुपन मार्फत १ लाख सम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ % छुट प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.