कैलालीको अत्तरियामा सैपाल ग्याँस उद्योग सञ्चालनमा

  २०७७ असार १९ गते १८:५५     विकासन्युज


काठमाडौं । एभरेष्ट ग्रुपले कैलालीको अत्तरियामा सैपाल ग्याँस उद्योग सञ्चालनमा ल्याएको छ । देशभर अन्य छ स्थानमा ग्याँस उद्योग सञ्चालन गरिरहेको यस ग्रुपले अर्को नयाँ उद्योग सञ्चालनमा ल्याएको हो ।

ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार  एभरेष्ट ग्याँस ग्रुपसँग हाल सञ्चालनमा रहेका काठमाडौं उपत्यकासमेत ६ वटा उद्योग सञ्चालनमा रहेका छन् भने करिब १७ लाख सिलिन्डर बजारीकरण गरिएका छन् । यस ग्रुपले प्रत्येक महिना करिब चार लाख सिलिन्डर उत्पादन र बिक्रि-वितरण गर्दै आएको छ भने प्रत्येक महिना करिब १० लाख सिलिन्डर एल.पी.ग्याँस उत्पादन गर्ने उद्योगहरुको क्षमता रहेको छ ।

यस ग्रुपले उद्योगको आवश्यकता सबैभन्दा बढी रहेको यस क्षेत्र पहिचान गरी आवश्यक तयारीकै क्रममा यस क्षेत्रकै अत्याधुनिक यूरोपियन प्रविधियुक्त सैपाल ग्याँस उद्योगमार्फत्सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ गरी तीन वटै प्रदेशमा यस उद्योगमार्फत् डिलरका माध्यमबाट उपभोक्ताको भान्सासम्म सेवामुखी व्यवसाय गर्दै जाने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.