सरकारलाई बैंकर्स संघको साथ, चैतसम्मको कर तिर्न सम्पूर्ण बैंकलाई पत्राचार

  २०७७ असार ४ गते १६:५६     विकासन्युज

काठमाडौ । नेपाल बैंकर्स संघले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई चैत मसान्तसम्मको कर तिर्न पत्राचार गरेको छ । बुधबार बसेको संघको बैठकले सम्पूर्ण बैंकलाई चैत मसान्तसम्म तिर्नु पर्ने कर तिर्न आग्रह गरेको हो ।

संघले आफ्ना सदस्य रहेको बैंकहरुलाई कर तिर्न पत्राचार गरिसकेको संघले बताएको छ । ‘अहिले कुनै पनि क्षेत्रले कर तिर्न सकेको अवस्था छैन, यसले पनि सरकालाई समस्या भएको छ, त्यसलै पनि हामीले चैतसम्मको कर भएपनि तिर्न सकिन्छ भन्ने उद्धेश्यले यो निर्णय गरेका हौं,’ संघका एकजना सदस्यले भने ।

उनका अनुसार चैत मसान्तसम्मको कर तिर्न बैंकहरु सकारात्मक हरेका छन् । सरकारले समयमा विभिन्न व्यवसायी उद्योगीहरुलाई कर तिर्न भनिरहेको छ ।

कोरोनाभाइरस (कोभिड–१९)का कारण भएको लकडाउन कारण व्यवसया ठप्प रहेको भन्दै विभिन्न उद्योगी व्यवसायीहरुले करको समयावधि थप गर्न विभिन्न समयमा आग्रह गरिहरेका छन् । सरकारले पनि विभिन्न समयमा कर तिर्न आग्रह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.