एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गर्न रोक्यो समितिले

  २०७६ फागुन ७ गते १६:३२     विकासन्युज

काठमाडौं । एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन नपाइने भएको छ । बीमा कम्पनीहरुले दाम्पत्य जीवन बीमा योजना संचालन गर्ने क्रम बढेसँगै बीमा समितिले यस्तो बीमा लेखामा रोक लगाएको हो ।

श्रीमान् श्रीमती दुबैको एउटै बीमालेखबाट बीमा गराउँदा जोखिम धरै हुने बीमाको अवधारण विपरितको कार्य हुने भन्दै एक्चुरी भ्यालुएटरले बीमा समितिलाई सुझाव दिदै आएको थियो । तर, समितिले यस्तो बीमा लेखमा रोक लगाएको भने थिएन ।

समितिले यसअघि स्वीकृति दिएका दाम्पत्य जीवन बीमा पोलिसी पनि बन्द गर्न निर्देशन दिएको छ । यसअघि स्वीकृति लिएर संचालनमा आएका बीमा पोलिसीको हकमा भने के कस्तो व्यवस्था गर्ने भन्नेमा समितिले केही प्रष्ट पारेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.