सानिमा बैंकको नयाँ शाखा जोरपाटीमा

  २०७६ माघ २० गते १९:२९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ७९औं शाखा कार्यालय काठमाडौंको जोरपाटीमा विस्तार गरेको छ । बैंकले थप बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(महजोडी)ले माघ २० गते संयुक्त रुपमा सम्पन्न गरका हुन् ।

उद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकवर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताएका छन् ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अन्य शाखाहरुबाट जस्तै जोरपाटी शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, मह जोडीले काठमाडौंको जोरपाटीमा सानिमा बैंक संचालनमा आएकोमा सो क्षेत्रका स्थानीयबासी र बैंकलाई बधाई दिँदै सानिमालाई सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना दिएका छन् ।

यससँगै बैंकको शाखा संख्या ७९ वटा पुगेको छ । बैंकले शाखा कार्यालयहरु तथा ७९ वटा एटीएमबाट सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.