काठमाडौंमा आठौं घरजग्गा मेला हुँदै

  २०७६ माघ २० गते १९:४०     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘आठौं घरजग्गा मेला’ हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ आगामी बैशाख ४ गतेदेखि मेलाकाे आयाेजना गर्ने भएकाे हाे ।

हरेक वर्ष आयोजना हुँदै आएको सो मेला यस वर्ष माईस इन्टरनेशल सर्भिस तथा सिन्थेसिस एक्जिविसन एण्ड इभेन्ट्सले संयुक्त रुपमा मेला आयोजना गर्न लागेका हुन् ।

नेपालको संविधानले आवासको हकलाई नागरिकको मौलिक हकको रुपमा अंगिकार गरेको यथार्थलाई मध्यनजर गरी प्रचलित कानुन तथा नीति बमोजिम वैज्ञानिक, किफायती, व्यवस्थित एवं सुरक्षित आवास तथा जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेका व्यवसायीहरु तथा उपभोक्तालाई लक्षित गरी मेला आयोजना गर्न लागिएकाे मेला संयोजक विदुर धमलाले बताए ।

भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आबद्ध व्यवसायीहरु, निर्माण सामग्रीका उत्पादन तथा बिक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कल्सल्ट्यान्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकहरुका साथै बैंक र बीमा कम्पनीहरुसमेत मेलामा सहभागी हुने जनाइएकाे छ ।

उक्त मेलामा १ लाखले भ्रमण गर्ने आयोजकले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.