एचसिसी–एन, फिकाक क्षेत्रीय सम्मेलन २०१९ मंगलबारदेखि काठमाडौँमा हुने

  २०७६ कार्तिक २५ गते १८:५३     विकासन्युज


काठमाडौँ । अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसिसी–एन० र वाणिज्यदूतहरुको विश्व महासंघ (फिकाक) ले “एचसिसी–एन, फिकाक क्षेत्रीय सम्मेलन २०१९” नोभेम्वर १२–१५, २०१९ मा काठमाण्डौको सोल्टी क्राउन प्लाजा होटलमा आयोजना गर्दैछन् ।

यो सम्मेलनलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालय र भिजिट नेपाल २०२० तथा नेपाल पर्यटन वोर्डको पनि सहयोग रहेको छ । यो सम्मेलनमा संसारका विभिन्न १०० देशका अवैतनिक महावाणिज्य दूतहरुको सहभागिता हुनेछ । यो सम्मेलनको मुख्य (थिम) ‘‘साझा सम्वृद्धिको लागि एकेवद्धता’’ रहेको छ ।

यो सम्मेलनको उद्घाटन उप–राष्ट्रपति नन्दबहादुर पुनबाट हुनेछ । “एचसिसी–एनका डिन प्रदीपकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । साथै फिकाक का अध्यक्ष डा. अकुट इकेन र माननीय परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीबाट पनि संवोधन हुनेछ ।

सम्मेलनका सहभागीहरुले द्विपक्षीय तथा वहुपक्षीय सरोकारका विभिन्न क्षेत्रहरुमा गहन छलफल गर्ने र सम्मेलनको अन्तिम दिन ‘‘काठमाण्डौ घोषणा पत्र’’ जारी गर्ने कार्यक्रम छ । सम्मेलनमा हाल विश्वका जल्दा बल्दा विषय वस्तु र सम्मेलनको मुख्य थिम र तपसिलमा उल्लेखित विषयहरुमा सम्बन्धित विषयका ज्ञाताहरुले कि नोट स्पिकर को हैसियतमा आफ्ना विचारहरु प्रस्तुत तथा छलफल गर्नेछन् । साथै साझा सम्वृद्धिको लागि एकेवद्धता, लैगिक समानता, वातावरण परिवर्तन र हिमनदीहरु, सम्बन्ध र सम्वृद्धिका एजेन्डाहरुमा छलफल गर्न फरक फरक प्लिनरी सिजनहरुको व्यवस्था गरिएको छ ।

सम्मेलन आयोजकले सहभागिहरुको लागि विभिन्न मनोरन्जनात्मक तथा दृष्यावलोकनका कार्यक्रमहरु माउण्टेन प्mलाइट, साइट सिनिङ्ग, चन्द्रागिरी हिल्स रिसोर्टमा रिट्रिटको आयोजना गरेको छ । यसबाट नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै यो सम्मेलनबाट नेपालको आर्थिक विकासका विभिन्न क्षेत्रहरु जस्तैः विद्युत, पर्यटन, उद्योग व्यवसायमा वैदेशिक लगानीलाई आकर्षण गर्न एउटा राम्रो अवसर प्राप्त हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.