घुम्ती बीमा कार्यक्रम संचालन गर्दै बीमा समिति, सातै दिन २४ घण्टा सेवा दिने तयारी

  २०७६ कार्तिक १७ गते १८:५९     विकासन्युज

काठमाडौं । बीमा समितिले आगामी कात्र्तिक २१,२२ र २३ गते घुम्ती बीमा कार्यक्रम संचालन गर्ने भएको छ । समितिले प्रदेश–२ को जनकपुरमा तीन दिनसम्म उक्त सेवा संचालन गर्न लागेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । पाइलटिङको रुपमा आयोजना गर्न लागिएको उक्त कार्यक्रम अवधिमा २४ घण्टा सेवा दिने उनले बताए ।

‘मुलुक भरी नै बीमा चेतनामा वृद्धी गर्न हामीले घुम्त्ती बीमा कार्यक्रम संचालन गर्न लागेका हौं,’ उनले भने यो कार्यक्रम पाइलटिङको रुपमा गर्न लागिएको हो ।’ आगामी दिनमा यस्तै सेवा सबै प्रदेशमा पुर्याउने समितिको उदेश्य रहेको छ ।

नेपाल राष्ट्र बैकको शाखारहित बैकिङसँग मिल्दोजुल्दो अवधारणा अनुरुप समितिले सो घुम्ती कार्यक्रम अघि बढाएको हो । घुम्त्ती बीमा सम्बन्धि नीति भने बीमा समितिले ल्याइसकेको भने छैन । यद्यपि बीमा समितिमा घुम्ती बीमा सम्बन्धी छलफल भने हुन थालेको समितिले बताएको छ ।

घुम्ती बीमा नीति आएपछि त्यसैको आधारमा बीमा कम्पनीहरूले स्विकृतिका लागि आफ्ना पोलिसी बीमा समितिमा ल्याउँने पाइएको छ । नीति बनेपछि सोही नीतिको आधारमा बीमा कम्पनीहरूले बीमा सेवा प्रदान गर्न सक्छन् । शाखा विना नै बीमा सेवा प्रदान गर्न बीमा समितिले यस्तो अवधारणा अघि सारेको उनले बताए ।

बीमा समितिले आगामी दिनमा २४ सै घण्टा बीमा सेवा दिन आवश्यक रहेको बताएको छ । बीमितहरुले बीमा सेवा लिँदा निवार्द सातै दिन २४ सै घण्टा पाउनु पर्छ भन्ने हो,’ उनले भने ।
घुम्ती बीमा भनेको बीमित उभिएको र बीमिति बसेको ठाउँमै पुग्ने बीमा भएको बीमा समितिले जनाएको छ । साथै, उक्त घुम्त्ती बीमा मार्फत बीमितले बीमा गराउँदा थप शुल्क बुझाउनु पर्दैन ।

बीमितले बैकमा चेक लिइ, लाइन बसेर बिमाङ्क भुक्तान गर्दा बढी समय लाग्ने भएकोले घुम्ती बीमाले बिमकलाई राहत दिने बताइएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीबि चाँपागाई मार्फत सो कार्यक्रमको शुभारम्भ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.