तीन महिनामा आठ अर्ब राजश्व सङ्कलन

  २०७६ कार्तिक ९ गते १३:३४     विकासन्युज

काठमाडौं । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा आठ अर्ब ५८ लाख ६४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । गत वर्षको यसै अवधिमा सात अर्ब ४५ करोड ५१ लाख १३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

आन्तरिक राजश्व कार्यालयका अनुसार चालू आर्थिक वर्षमा राजश्व विभागले तोकेको लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएपनि गत वर्षको यसै अवधिको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको छ । विभागले तीन महीनाका लागि १० अर्ब ७४ करोड ९५ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य दिएको थियो ।

चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ करोड सात लाख ५१ हजार रुपैयाँ बढी राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षमा अन्तःशुल्कमा ६ अर्ब ८१ करोड ५९ लाख ५० हजार रुपैयाँ, मूल्य अभिवृद्धिकरमा ५९ करोड ४८ लाख ५८ हजार रुपैयाँ, आयकरमा ५२ करोड ६० लाख ३१ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार व्याज करमा चार करोड ७१ लाख ६० हजार रुपैयाँ, बहालकरमा एक करोड ७३ लाख १८ हजार रुपैयाँ, स्वास्थ्य सेवा करमा ४४ लाख पाँच हजार रुपैयाँ र शिक्षा सेवा शुल्कमा एक लाख ४२ हजार रुपैयाँ राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले लक्ष्य निर्धारण बढी भएका कारण तोकिए अनुसारको सङ्कलन गर्न कठिन भएको जनाएको छ । बजारमा व्यापार घटेको, केही कम्पनी ठूला करदाताकामा गएको, भिसिटीएसका कारण ढुवानीमा अन्योल रहेको, मदिराजन्य वस्तुहरुको बिक्री वितरणमा कमी आएको, भन्सार विन्दु घटेकाजस्ता कारण लक्ष्यअनुसार राजश्व सङ्कलन हुन नसकेको आशंका गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.