भदौ १९ र २० गते तेश्रो जिम्मेवार व्यवसाय सम्मेलन हुने

  २०७६ भदौ १० गते १५:१९     विकासन्युज


काठमाडौँ । नेपालमा व्यवसायिक सामाजिक उत्तरदायित्व एवम् असल व्यवसायिक अभ्यासको प्रवद्र्धन गर्न तथा दीगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्नका लागि भदौ १९ र २० गते तेश्रो जिम्मेवार सम्मेलनको आयोजना हुने भएको छ । राष्ट्रिय व्यवसायिक पहलले काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा यस सम्मेलनको आयोजना गर्ने भएको हो ।

आयोजक संस्था राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्म ज्योतिले दुई दिने यस सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिहरुको विषयमा बृहत् छलफल हुने बताए ।

प्रत्येक सत्रमा एक प्रखर अन्तर्राष्ट्रिय वक्ता र नेपाली कम्पनीको अनुभव सहित दुई नेपाली वक्ताहरु रहनेछन् । साथै प्रत्येक सत्रलाई नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी वा सत्रसंग सम्बन्धित प्रख्यात व्यक्तिहरुले अध्यक्षता गरी सञ्चालन गर्ने जनाइएको छ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.एल.ओ), अन्तर्राष्ट्रिय बाल कोष (युनिसेफ), संयुक्त राष्ट संघ विकास कोष (युएनडीपि), रोजगारीका लागि सीप विकास कार्यक्रम (सीप), हाम्रो सम्मान परियोजना, लगायतका अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरुबाट अन्तर्राष्ट्रिय वक्ताहरु हुने आयोजक संस्थाले जनाएको छ ।

राष्ट्रिय वक्ताहरुमा विभिन्न नविनतम साना तथा मझौला उद्योग व्यवसाय सहित औद्योगिक व्यवसायिक समूहहरुमा ज्योति समूह, पञ्चकन्या समूह, नेपाल उद्योग वाणिज्य महासंघ, यति एयरलाइन्स, काठमाडौं गेष्ट हाउस आदि छन् । त्यसैगरी सरकारी निकायतर्फबाट राष्ट्रिय योजना आयोग, उद्योग मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, सामाजिक सुरक्षा कोष आदि रहेका छन् भने नागरिक समाज तर्फ उपभोक्ता संघ, श्रम संगठन, वातावरण अधिकारकर्मी, युवा अधिकारकर्मी, सुशासन अधिकारकर्मी लगायत रहेका छन् ।

सम्मेलनको मुख्य प्रायोजकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक लि, ज्योति समूह–होन्डा, सिप्रदी टाटा, नेपाल इकरात इन्जिनियरिङ प्रालि, सेलपे, शिखर इन्सोरेन्स, नर्भिक इन्टरनेश्नल हस्पिटल, यति एयरलाइन्स र याक एण्ड यति होटल रहेका छन् ।

त्यसैगरी विभिन्न सत्रहरुको प्रायोजकमा एसबीआई बैंक, मनकामना दर्शन प्रालि, बैंक अफ काठमाडौं, सूर्य नेपाल प्रालि रहेका छन् भने सत्रका सह प्रायोजकहरुमा शर्मा एण्ड कम्पनी, क्वेष्ट फर्मास्यूटिकल, केएनपी पेन्ट, एभरेष्ट बैंक, एभरेष्ट ग्यास, कुमारी बैंक, प्राइम बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक तथा मोरङ अटो वक्र्स रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.