शाओमी फर्चून ग्लोबल ५०० सूचीमा सबैभन्दा कान्छो कम्पनी

  २०७६ साउन १० गते १३:४८     विकासन्युज

काठमाडौं । शाओमी कर्पोरेशन (शाओमी वा ग्रुप, स्टक कोर्डः १८१०ः हङकङ) ले ९ वर्षको पुनरावृत्ति पश्चात आज कम्पनी पहिलो पटक फर्चून ग्लोबल ५०० सूचीमा समावेश भएको घोषणा गरेको छ ।

बेजिङ्ग–आधारित विश्वव्यापी टेक्नोलोजी लिडर २०१९ का लागि फर्चून ग्लोबल ५०० सूचीको ४६८औं स्थानमा पर्ने सबैभन्दा योङगेस्ट कम्पनी बन्न सफल भएको छ । गत आर्थिक वर्षमा शाओमीले २६,४४३.५० मिलियन अमेरिकी डलर राजस्व तथा २०४९.१० मिलियन अमेरिकी डलर बराबरको मुनाफा कमाएको छ । कम्पनी इन्टरनेट सेवा र रिटेलिङ श्रेणीमा ७औं स्थानमा रहेको छ ।

शाओमीका संस्थापक, अध्यक्ष तथा सीईओ लेई जुनले भने , “शाओमीलाई फर्चून ग्लोबल ५०० को सूचीमा पुग्न केबल ९ वर्ष लागेको छ, यो माइल्स्टोन हासिल गर्नका लागि हामीलाई निरन्तर समर्थन गर्नुहुने एमआई फ्यान तथा प्रयोगकर्ताहरुमा हामी धेरै आभार प्रकट गर्न चाहान्छौं । यो वर्षको सूचीमा हामी सबैभन्दा कान्छो कम्पनी हौं, यस गौरवपूर्ण रेकर्डसँगै हामी विश्वव्यापी विस्तारको यात्रालाई अर्को स्तरमा पुर्याउन यी सब कुराहरुलाई ध्यानमा राख्नेछौं ।”

स्मार्टफोन र स्मार्ट हाडवेयरको साथमा इन्टरनेट अफ थिङ्ग प्ल्याटफर्ममा आधारित अप्रिल २०१० मा स्थापना भएको इन्टरनेट कम्पनी शाओमी पहिलो पटक जूनमा फर्चून चीन ५०० सूचीको ५३औं स्थानमा पर्न सफल भएको थियो ।

सन् २०१२ मा कम्पनीको सेल्स रेभिन्यू आरएमबी १० हजार मिलियन (१४५३.७२ मिलियन अमेरिकी डलर) र सन् २०१७ मा आरएमबी एक लाख मिलियन (१४५३७.२१ मिलियन अमेरिकी डलर) पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.