बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड एनआईसी एशियालाई, दोश्रो र तेश्रोमा एनएमबी र सिटिजन्स

  २०७६ साउन ८ गते १०:२८     विकासन्युज


काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था(आइक्यान)ले यो वर्षको छनौट भएका वित्तीय प्रतिवेदन मध्ये ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए) अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको छ ।

मंगलबार आइक्यानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले अवार्ड प्रदान गरेका हुन् । बाणिज्य बैंकतर्फको उक्त अवार्ड एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले ग्रहण गरेका हुन् ।

त्यसैगरी, वित्तीय प्रतिवेदन मध्ये फस्ट रनरअप अर्थात दोश्रो एनएमबी बैंक र सेकेन्ड रनरअप अर्थात तेश्रो सिटिजन्स बैंक भएको थियो । बैंकका प्रतिनिधिले अर्थमन्त्रीबाट अवार्ड ग्रहण गरेका हुन् ।

यता, विकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए)’ अवार्ड महालक्ष्मी विकास बैंकलाई प्रदान गरिएको छ । त्यसैगरी फस्ट रनरअप फष्र्ट माइक्रोफाइनान्स भएको छ ।

त्यसैगरी उत्पादनमूलक समूहतर्फ बुटवल पावर कम्पनी, सेवामूलकतर्फ र्याडिसन होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रलाई अवार्ड प्रदान गरिएको हो ।

लेखापरीक्षकहरुलाई अर्थमन्त्रीले भने-‘बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्’

संस्थागत सुशासनका लागि प्रतिबद्ध छुः आइक्यान अध्यक्ष आचार्य

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.