अब सञ्चार माध्यममा पनि मर्जर नीति लागु

  २०८१ जेठ १ गते १८:०२     विकासन्युज

काठमाडौं । सरकारले टेलिभिजन र एफएमलाई एक आपसमा गाभ्ने गाभिने र हक हस्तान्तरण गर्न तथा स्थानान्तरण हुन प्रोत्साहन गर्ने बताएको छ ।

मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त नीतिको घोषणा गरेका हुन् ।

साथै, उनले इन्टरनेट सेवा प्रदायकहरूलाई पनि एक आपसमा गाभ्ने गाभिने र हक हस्तान्तरण गर्न तथा स्थानान्तरण हुन सरकारले प्रोत्साहन गर्ने बताए ।

यस्तै सरकारले मिडिया साक्षरता सञ्चालन गर्ने नीति समेत लिने भएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘सबै प्रदेशमा सञ्‍चारग्राम निर्माण र सञ्‍चालन गर्ने नीति लिइनेछ, लुम्बिनी प्रदेशसँगको सहकार्यमा दाङमा कृष्णसेन सञ्‍चारग्राम स्थापनाको पूर्वतयारी कार्य सुरु गरिनेछ, टेलिभिजन तथा एफएम र इन्टरनेट सेवाप्रदायकलाई एक आपसमा गाभिन, हक हस्तान्तरण गर्न तथा स्थानान्तरण हुन प्रोत्साहित गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.