ओपोद्वारा एफ११ ‘ज्वेलरी ह्वाइट’ रंगमा सार्वजनिक, नेपाली बजारमा रु. ३५,४९० मा पाइने

  २०७६ असार २९ गते १५:०३     विकासन्युज

काठमाडौँ । ओपोले आजबाट एफ११ लाई तेस्रो रंग ‘ज्वेलरी ह्वाइट’मा सार्वजनिक गरेको छ ।

पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दुई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो । नेपाली बजारमा कम्पनीले यसको मूल्य ३५ हजार ४ सय ९० निर्धारण गरेको छ ।

नयाँ रंगमा सार्वजनिक ज्वेलरी ह्वाइट एफ११का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने-‘नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ मायाँ र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ।’

फोनमा ४८एमपी अल्ट्रा-क्लियर क्यामेरा प्रणाली र वाटर–ड्रप स्क्रिन जडान गरिएको छ । ओपोको एफ११ सिरिजले समग्र एफसिरिजलाई नै नयाँ उचाई प्रदान गरेको कम्पनीले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.