यासुदा र सानसुई ब्राण्डद्वारा ६ जनालाई पुरस्कार वितरण, सिंगापुरदेखी दुवईसम्मको भ्रमण

  २०७६ असार २६ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपालको प्रसिद्ध कम्पनी त्रिवेणी व्यापार कम्पनी र यासुदा ब्रान्डले सिगापुर र दुवई भ्रमणको विजेता लगाएत ४ जनलाई पुरस्कार वितरण गरेको छ । त्रिवेणी व्यापार कम्पनीले २०७५ चैत १५ गते देखी २०७६ जेठ १५ गते सम्म ग्राहकाहरु मध्यबाट विजेता घोषणा गरेको छ ।

नेपालभरी सञ्चालीत यासुदा ‘नयाँ वर्षको शुभारम्भ’ ग्राहक योजना र सान्सुइको ‘सान्सुइ न्यू इयर ग्रान्ड अफर’ अन्तरगत सान्सुइ र यासुदाको सामान खरिदामा लक्की ड्र कुपन प्रधान गरि ति मध्य लक्की ड्र मार्फत असार १७ गते विजेता घोषडा गरेको थियो । विहिवार विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

यासुदाले कृष्णबहादुर बुद्ध प्रथम, ललित ओली द्धीतीय र ताहासिंह थापा तृतीयलाई क्रमश सिगापुर भ्रमण, यासुदा सिक्स्टीफाइब ४ के स्मार्ट एलसिडी टिभी, यासुदाको एक थान एसी र सान्सुइले तपतबहादुर विष्टलाई प्रथम पुरस्कारमा दुवई भ्रमण, फैयाज अहमद द्धीतीयलाई सान्सुइ फिप्टीफाइब स्मार्ट एलसिडी टिभी र निशा विष्ट तृतीयलाई एक थान एसी पुरस्कार वितरण गरेको छ ।

कम्पनीका म्यानेजिङ ड्राइरेक्टर शैलेस साग्राइले भने यासुदाको सामान नेपाली बजारमा सस्तो मूल्यामा विद्युतीय सामान खरिद गर्न सकिने बताए । उनले भने हाम्रो सेवा र सुविधामा कुनै कमि नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.