ओपो र एरिक्सनद्वारा प्याटेन्ट ईजाजत सम्झौतामा हस्ताक्षर

  २०७५ फागुन २८ गते १९:०५     विकासन्युज

काठमाडौं । ओपो र एरिक्सनले एक आपसमा बहुबार्षिक वैश्विक प्याटेन्ट ईजाजतका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यो सहमतिमा प्याटेन्ट लाईसेन्सिङ र विभिन्न ब्यवसायिक योजनाका लागि साझेदारीका लागि सम्झौता समेटिएको छ ।

यो सहमतिले फाइभजी यूगमा दूई कम्पनी बीच सहकार्यका लागि बलियो जग बसाउन सघाउ पुग्ने ओपो ईन्टेलेक्चुअल प्रपर्टी विभागका प्रमुख एड्लर फेङले बताए । ‘ओपोले बौद्धिक सम्पत्तिको अधिकारलाई सधैँ नै पहिलो प्राथमिकताको विषयका रुपमा लिने गरेको छ । हामी उत्पादन र सेवामा अत्याधुनिक नव प्रबर्तनार्थ एरिक्सनसंग सहकार्यका लागि निकै उत्साहित छौँ’, एड्लरले भने ।

निकै महत्वपूर्ण यस सम्झौताले हाम्रो प्याटेन्ट पोर्टफोलियोको मान राख्दै एरिक्सन फ्राण्ड लाईसेन्सिङ प्रोग्रामको महत्वलाई थप प्रष्ट रुपमा मान्यता प्रदान गरेको छ’,एरिक्सनका चिफ ईन्टेलेक्चुअल प्रपर्टी अफिसर गुस्ताव ब्रिसमार्कले भने,‘ हाल सम्म एरिक्सनले १ सयभन्दा बढी प्याटेन्ट अनुमति सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । ओपोसंग पारस्परिक लाभकारी यस सम्झौतामा हस्ताक्षर गर्दा हामी निकै उत्साहित छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.