माइक्रोम्याक्सको नयाँ मोबाइल नेपाली बजारमा, मूल्य ८ हजार ८०० रुपैयाँ

  २०७५ असोज २५ गते १९:०५     विकासन्युज

काठमाडौं । स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ प्रस्तुति क्यिू४००२ बोल्ट ४ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले प्रत्येक फोनको खरिदमा आकर्षक ब्याग उपहार पाउने छन् । ग्राहकहरुले प्रत्यक हप्ता २५० एमबी एनसेल डाटा १२ हप्तासम्म निःशुल्क प्राप्त गर्नेछन् ।

बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यिू४००२ बोल्ट ४ मा १.० गिगाहर्जको क्वायकोर प्रोसेसरका साथै १ जीबी र्याम रहेको छ । यसमा ५.० इन्च एफभीजीए एचडी स्क्रिन रहेको छ जसमा ७२० बाई १२८० पिक्सेल रहेको छ । यसमा शक्तिशाली २००० एमएएचको व्याट्री रहेको छ । यसमा ५एमपी हाई रेजुलेसन प्राईमरी क्यामरा र अगाडि पट्टी २ एमपी सेल्फी क्यामरा रहेको छ ।

यसमा रहेको १.० जीएचजेड क्वाड कोर प्रोसेसरले यो सेग्मेन्टको सबैभन्दा उपयुक्त फोन हो, यो फोन चलाउन धेरै सजिलो र छिटो छ । यसमा ५एमपी प्राइमरी र २ एमपी फ्रण्ट क्यामेरा जडित हुने हुनाले ग्राहकहरुले कनैपनि बेला लाखौं सुन्दर र उत्कृष्ट तस्विरहरु खिच्न सक्नेछन् । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ८.१ अपरेटिंग सिस्टममा आधारित रहेको छ ।

यसमा १ जीबी र्याम र ८ जीबी रोम रहेको छ जसलाई माइक्राे एसडि कार्डको माध्यमले ३२ जीबीसम्म बडाउन सकिनेछ । यो फोनमा शक्तिशाली २००० एमएएचको रिमुभेवल शक्तिसाली व्याट्री रहेको छ जसले धेरै गेम्सहरु खेल्न, भिडियोहरु हेर्न तथा अन्य विभीन्क कामहरु एकैसाथ गर्न सकिन्छ । यो फोनले फोजी नेटवर्क सहित दुईवटा माइक्रो सिम सपोर्ट गर्छ ।

क्यिू४००२ बोल्ट ४ फोनको बजार मूल्य ८ हजार ८०० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.