सिभिल बैंकले तालिम कार्यक्रम सञ्चालन गर्ने, कर्मचारीहरुको कार्यदक्षतामा विकास हुने

  २०७५ असोज २५ गते १८:०४     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेड र नेशनल बैंकिङ् इन्ष्टिच्युट(एनबीआई) लिमिटेडबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ् र नेशनल बैंकिङ् ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.