नेपाल पर्यटन बोर्डले ६ दिने ‘टुरिजम उद्यमी सीड क्याम्प’ आयोजना गर्दै

  २०७५ असोज २३ गते १६:३३     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डले उद्यमीहरूको लागि यात्रा, पर्यटन र आतिथ्य क्षेत्रमा नयाँ उद्यम शुरु गर्न टुरिजम उद्यमी सीड क्याम्प आयोजना गर्न लागेको छ । बोर्डले उद्यमी इनोभेसन्सको सहयोगमा आयोजित यस कार्यक्रमले देशको पर्यटन विकासमा योगदान पुर्याउने छ ।

नेपाल पर्यटन बोर्डको सीईओ दीपकराज जोशीले नवम उद्यमी तथा उद्यमी बन्न चाहन्नेहरुलाई उद्यम शुरुवात गर्न यस कार्यक्रम तयार गरिएको बताएका छन् । जहाँ आनो व्यवासिक सोचलाई उद्यमशीलतामा परिवर्तन गर्दछन्, सो कार्यक्रममा सहभागिताहरुले दक्ष विशेषज्ञहरुबाट सिक्न, प्रारम्भिक लगानी आकर्षित गर्न, बजार सम्भावना नियाल्न, व्यवसायिक संजाल बढाउन र आफ्नो व्यवसायको सुरुवात गर्न सिक्ने सीईओ जोशीले बताए ।

उध्यमशिलता सम्बन्धि ६ दिने कार्यक्रममा उद्यमी बन्न चाहना राख्नेहरु यात्रा, पर्यटन, आतिथ्य वा अन्य पर्यटन उद्योगमा योगदान पुर्याउँने जस्तो सुकै व्यवसायिक सोचलाई निखार्न, व्यवसायिक योजना तयार गर्न, दक्ष विशेषज्ञहरु बाट सिक्न, प्रारम्भिक लगानी आकर्षित गर्न, बजार सम्भावना नियाल्न, व्यवसायिक संजाल बढाउन र आफ्नो व्यवसायको सुरुवात गर्न आउँदछन् ।

यो प्लेटफार्मले भिन्न व्यवास्यिक अभिनव सुरुवातहरूको पहिचान गर्न खोज्छ जहा आफ्नो व्यवसायिक सोचलाई पर्यटन व्यवसायमा उतारी नेपालको पर्यटनको प्रचार गर्न मदत पुर्याउँछ ।

“टुरिजम उद्यमी सीड-क्याम्प आयोजना गर्नुको मुल उद्धेश्य भिन्न तथा नविनतम व्यावसायिक बिचारलाई सहयोग गरि व्यावसायिक संजाल अभिवृति गर्नु हो ।” उद्यमी इनोभेसन्सका कार्यक्रम समन्वयक प्रभा तिमिल्सिनाले बताइन् । साथै, उनले आफ्नो व्यवसायिक सोचमा सहभागी २-४ जनाको टोलीले कुनै पनि स्तरमा पर्यटन अथवा आतिथ्य सामिल गरेको हुनु पर्ने यस संस्करणको मापदण्ड रहेको बताएकी  छिन् ।

सो कार्यक्रमपछि सहभागीहरु १ महिना आफ्नो व्यवसायिक बिचारमा पूर्णरुपमा काम गर्नेछन् र काठमाडौंमा आयोजित हुने ठूलो र फरक ढंगको लगानी प्राप्त गर्ने कार्यक्रम ‘डेमो डे’ मा प्रस्तुत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.