आइएमइ अटोमोटिभ्सद्धारा मोबाइल सर्विस भ्यानको सुरुवात

  २०७४ पुष १६ गते १७:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टहरुको आधिकारिक वितरक आइएमइ अटोमोटिभ्स प्रालिले मोबाइल सर्विस भ्यानको सुरुवात गरेको छ । कम्पनीले आइतबारबाट यस एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टहरुका ग्राहकहरुको सुबिधालाई मध्यनजर राख्दै उक्त सेवाको सुरुवात गरेको हो ।

यस आइएमइ अटोमोटिभ्सले हाल नेपाल भरि सेल्स, सर्विस, र पार्ट्सको सुबिधा ग्राहकमाझ आफ्नै ब्रान्च अफिस तथा डिलर शाखाहरु मार्फत पुर्याएको छ । कम्पनीको प्रमुख उद्देश्य आफ्ना ग्राहकहरुलाई सर्व सुलभ तरिका बाट बिक्रि पछिको सेवा उपलब्ध गराउने नै रहेको छ । यसै उद्देश्यलाई कार्यान्वयन गर्दै मोबाइल सर्विस भ्यानको सुरुवात कम्पनीले यस हेवी इक्विपमेन्ट डिभिजनमा पनि गरेको छ ।

आइएमइ अटोमोटिभ्सले एस्कर्ट्स ब्रान्डका कन्स्ट्रक्सन इक्विपमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेताभएर काम गरेको सन् २०१४ देखि हो र सुरुवात देखि नै यस ब्रान्डले नेपालमा सफलता पनि पाएको छ । एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्ट लिमिटेड, इंडिया प्रतिष्ठित एस्कर्ट्स ग्रुप अन्तर्गतको भगिनी संस्था हो । नेपालमा यस ब्रान्ड काब्याकहो लोडर, क्रेन, रोलर, कम्पैक्टर आदि खरिदका लागि उपलब्ध छन् ।

आइएम इ ग्रुप नेपालमा अटोमोबाइल बिजनेसमा आधिकारिक वितरकका रुपमा गत केहि वर्ष देखि काम गरि रहेको छ । यस ग्रुपसँग आबद्धित रहेका ब्रान्डहरुमा यु एममोटर साइकल र अशोक लेलैंड ब्रान्डका कमर्सियल भेहिकलहरु पर्दछन् । आइएम इ संग गासिएको सम्बन्ध संग संगै देशमा एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टहरुको बजार अझ बढ्ने क्रममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.