औद्योगीक प्रदर्शनीमा फेसन शो, करिब एक लाखले अवलोकन गर्नेे अपेक्षा

  २०७४ पुष १६ गते १३:२९     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भईरहेको १४ औं जुत्ता प्रदर्शनीको अवसरमा फेसन शो आयोजना गरिएको छ । सो अवसरमा मोडलहरुले नेपाली ब्राण्डका विभिन्न जुत्ता चप्पलहरुको साथमा नेपाली पहिरनका साथ र्याम्पमा क्वाटवाक गरेका छन् ।

उक्त फेसन शो मलाको प्रदर्शनीस्थलमा नै आयोजना गरिएको हो । सो अवसरमा मेलामा आएका हजारौ आगन्तुकहरुले अभिरुची पुर्वक फेसन शो अवलोकन गरेका छन् । यो प्रदर्शनीको आयोजना फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले गरेको हो । यो प्रदर्शनी पौष १३ गते देखि शूरु भएको हो ।

प्रदर्शनीमा स्वदेशी छाला जुत्ता तथा वस्तु उत्पादकहरुको सहभागीता रहेको छ । प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल रहेको छ । हालसम्म प्रदर्शनीमा करिब ४५ हजारले अवलोकन गरिसकेका छन् । प्रदर्शनीलाई सर्वसाधारण देखि सभासद, नेपाल सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पुर्वमन्त्री समेतले अवलोकन गरेका छन् ।

यसै सिलसिलामा मेलामा आज पुर्वमन्त्री तथा सांसद विष्णु पौडेल, पम्फा भुसाल, आनन्द पोखरेल, भानुभक्त ढकाल, एलपी साँवा लिम्बु लगायतको उपस्थीती रहेको थियो । त्यसै गरी काठमाडौ जील्लाका प्रमुख जिल्ला अधिकारी केदार नाथ शर्माका साथै नेपाल प्रहरीका पुर्व आईजीपी कुवेर सिंह रानाले समेत मेला अवलोकन गरेका छन् ।

मेलामा कुल १३५ स्टल रहेका छन् भने छालाजन्य वस्तुका दुई र अन्य जुत्ता तथा चप्पलका स्टल रहेका छन् । यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ को सहयोग रहेको छ । यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी महिला/पुरुष, बिद्यार्थी, कर्मचारी आदि सबै वर्गले उत्सुकतापूर्वक अवलोकन गरिरहेका छन् । आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ सुरु यस प्रदर्शनीलाई करिब एक लाख जनाले अवलोकन गर्नेे आयोजकको अपेक्षा रहेको छ । यो मेला पुस १८ गतेसम्म चल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.