चाडपर्वको अवसरमा तोसिबाले ल्यायो नयाँ योजना, टिभी खरिदमा चाँदीको सिक्का पुरस्कार

  २०७४ भदौ १३ गते १८:४३     विकासन्युज

काठमाडौं । टेलिभिजन ब्राण्ड तोसिबाले दशैं, तिहार तथा छठ पर्वको अवसरमा ‘तोसिबा टिभीमा चाँदीको उपहार नामक नयाँ योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले तोसिबा ब्राण्डका कुनैपनि टिभीको खरिदमा चाँदीको सिक्का पुरस्कार पाउने छन् ।

चाँदीको उपहार अन्तर्गत ५५/४९ इन्च टि.भी. मा २० ग्राम , ४०/४३ इन्च को टि.भी.मा १५ ग्राम, ३२ इन्च को टि.भी.मा १० ग्राम र २४ इन्चको टि.भी. को खरिदमा ५ ग्राम चाँदीको सिक्का रहेको छ । तोसिबा ब्राण्डको नेपालको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल प्रालि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.