राष्ट्र बैंकको भत्किएका दुई भवन ८ करोडमा बिक्री, ६२ वर्षपछि ब्राण्ड भ्यालु बुझ्दै केन्द्रीय बैंक

<p>काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको नेपाल राष्ट्र बैंकको दुई वटा भवन ८ करोड बिक्री भएको छ । राष्ट्र बैंकको ६२ औं वार्षिक सभालाई सम्बोधन गर्दै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त जानकारी दिएका हुन् । भूकम्पले क्षतिग्रस्त भएको बालुवाटारको केन्द्रीय कार्यालय र थापाथलीको बैकिङ कार्यालयको भग्नावशेष हटाउन र भवनको इटा, ढुंगा, काठ लगायतका सामाग्री सबै [&hellip;]</p>

राष्ट्र बैंकको केन्द्रीय कार्यालय

काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको नेपाल राष्ट्र बैंकको दुई वटा भवन ८ करोड बिक्री भएको छ । राष्ट्र बैंकको ६२ औं वार्षिक सभालाई सम्बोधन गर्दै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त जानकारी दिएका हुन् ।
भूकम्पले क्षतिग्रस्त भएको बालुवाटारको केन्द्रीय कार्यालय र थापाथलीको बैकिङ कार्यालयको भग्नावशेष हटाउन र भवनको इटा, ढुंगा, काठ लगायतका सामाग्री सबै लैजाने टेण्डर गरिएकोमा सबैभन्दा बढी कबोल गर्नेलाई कम्पनीलाई भग्नाबशेष हटाउने जिम्मे दिएको उनले बताए ।

राष्ट्र बैंकको थापाथली कार्यालय

भूकम्प गएको दुई वर्षसम्म नयाँ भवन बनाउने कार्य अगाडि बढ्न नसकेकोमा उनले दुःख पनि व्यक्त गरे । ‘नयाँ भवन बनाउने प्रयास ढिला भयो, हाम्रा पनि कमजोरी रहे’ उनले भने–‘कार्यालयको अभावमा अहिले हामीले धेरै समस्या भोगिरहेका छौं ।’ बैशाख महिनाको अन्त्यसम्ममा पुरानो भवन भत्काउने कामको जिम्मा लगाई सक्ने उनले जानकारी दिए ।

६२ वर्षपछि ब्राण्ड इमेज बनाउँदै

राष्ट्र बैंकका नयाँ भवनको कलर यस्तैयस्तै हुनेछ

राष्ट्र बैंकले ६२ वर्ष पुरा गरेपछि ब्राण्डको महत्व बुझेको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालयदेखि सबै शाखा कार्यलयहरुमा समान कलर प्रयोग गर्ने, राष्ट्र बैंकले प्रयोग गर्ने सबै लेटरप्याट, खाम, भिजिटिङ कार्ड, स्ट्याम्पमा एकरुपता ल्याउने काम शुरु भएको उनले बताए ।

Share News