सप्तरीको शम्भुनाथमा एकमहिने मेला सुरु

  २०७३ जेठ २१ गते ४:२८     विकासन्युज

sambhu_nath_mandir-150x150राजविराज, २ वैशाख । सप्तरीको प्रसिद्ध मन्दिरमध्ये शम्भुनाथ नगरपालिकामा रहेका शम्भुनाथ मन्दिरमा बुधबारबाट एकमहिने मेला सुरु भएको छ । नयाँ वर्षको सुरुवातसँगै यो मन्दिरमा प्रत्येक बर्ष झैँ यस वर्ष पनि श्रद्धालु भक्तजन पूजापाठका लागि आउने गरेको स्थानीयवासी श्रवण चौधरीले बताए ।

उनका अनुसार यहाँ एक महिनासम्म ठूलो मेला लाग्ने गरेको र यस मेलामा सप्तरीसहित सुनसरी, मोरङ र सिरहाबाट पूजापाठ तथा मेला भर्नका लागि आउने गरेको बताइएको छ ।

एक महिनासम्म लाग्ने मेलामा पूजाआजा गर्नाले वर्षभरि सुख, शान्ति र घरपरिवारमा अमनचयन प्राप्ति हुने जनविश्वास रहिआएको छ । यहाँको मेलामा एक महिनासम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनुका साथै नाचगान, रम्लिला लगायतका कार्यक्रम हुने गरेको छ ।
यस्तै सप्तरीको हनुमाननगर योगनी माई नगरपालिका–२ सकरदहीमा दुईदिने मेला सुरु भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.