सनराइज बैंकद्धारा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

  २०७५ वैशाख ३ गते १७:४९     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ वर्ष २०७५ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले सोमबार एक कार्यक्रमका बीच बैंकको केन्द्रिय कार्यालय, गैरिधारामा उक्त क्यालेन्डर सार्वजनिक गरेको हो ।

बैंकले क्यालेन्डरमा विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ । स-साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको छ ।

उक्त विमोचन समारोहमा बैंकका अध्यक्ष मोतीलाल दुगड, संचालकहरू ई.बच्छराज तातेड, दीपक नेपाल, ज्योतीकुमार बेगानी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्धारा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरेका छन् ।

साथै बैंकको भरतपुर र झुम्का शाखा कार्यालयहरुको शाखा प्रमुखहरुद्धारा उपत्यका बाहिरका चित्रकार बालबालिकाहरुलाई यस बैंकको क्यालेन्डरमा उनीहरुको प्रकाशित रचनाको लागि प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.