बालाजू अटोवक्र्सद्धारा प्राविधिक प्रतियोगिता सम्पन्न, तीन जनाले पाए नगद पुरस्कार

  २०७४ चैत ७ गते १८:२४     विकासन्युज

काठमाडौं । अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्र्स प्रा.लि.ले हालै उत्कृष्ट प्राविधिक प्रतिपयोगिता सम्पन्न गरेको छ ।

यो प्रतिपयोगिता यही चैत १ र २ गते सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा नेपाल अधिराज्यभरका महिन्द्राका डिलरहरुबाट सहभागी भएका थिए ।

प्रतियोगिताको पहिलो दिन तालिम प्रदान गरिएको थियो भने दोस्रो दिन प्रतियोगिता सम्पन्न गरिएको थियो । तालिममा सर्भिस म्यानपावहरुलाई काम गर्ने तरिका, गुणस्तरीयता, जस्ताप्राविधिकएवं आधारभूत विधि सम्बन्धी तालिम प्रदान गरिएको थियो । यो प्रतियोगिताको मुख्यध्येय भनेको उपयुक्त प्रतिस्पर्धीको छनौट गरी आगामी दिनहरुमा तालिमको आवश्यकतालाई पहिचान गर्नु रहेको छ ।

२३ व्यक्तिको सहभागिता रहेको यस प्रतियोगितामा सिद्धान्त, प्रयोग र मौखिक गरी ३ प्रकारबाट छनौट गरिएको थियो । जस अनुसार विजयी अष्टनारायण महर्जन, पहिलो रनरअपका रुपमा अनुपकुमार मिश्र, दोस्रो रनरअपका रुपमा मणिराम चौधरी भएका छन् ।
पहिलो र दोस्रो रनरअपका विजयीहरुलाई आयोजकले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेको थियो भने सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सहभागीताको प्रमाण पत्रवितरण गरिएको थियो ।

उक्त समारोहमा कम्पनीका कन्ट्री म्यानेजर तपस पटनायक, शिवसुदन श्रेष्ठ (एजिएमअग्नि) तथा प्रमोद क्षेत्री (विएमवीरगञ्ज) को उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.