टाटा मोटर्सको नयाँ शोरुम भैरहवामा

  २०७४ असोज २ गते १६:४१     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लिले टाटा पेसेन्जर भेहिकलहरुको लागि भैरहवामा नयाँ आधिकारिक शोरुम बुद्धम अटोमार्ट संचालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन हालै आयोजित एक कार्यक्रममा गरिएको हो ।

शोरुममा टाटाका विभिन्न मोडेलका कारहरुको विक्री वितरण गरि स्थानीय ग्राहकहरुलाई विक्री को समय र विक्री पश्चातका सेवाहरु सहज रुपमा प्रदान गर्ने कुरा बुद्धम अटोमार्टका प्रतिनिधिले जानकारी गराएका छन् ।

सिप्रदी ट्रेडिङ्ग भारतको सुप्रसिद्ध गाडी निर्माता कम्पनी टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक हो । पेसेन्जर भेहिकल अन्तर्गत नेपालमा टाटा मोटर्सको प्रमुख आकर्षणहरुमा बजारको प्रमुख मल्टी यूटीलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, टियागो र स्टाइलब्याक टिगोर आदि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.