ललितपुर मोबाइल कम्प्लेक्स र एपेक्स डिजिटलको संयुक्त शोरुम स्थापना

  २०७४ असार १६ गते १७:२४     विकासन्युज

काठमाडौं । ललितपुरको लगनखेलमा अवस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शोरुमको रिब्राण्डिङ गरेको छ । ललितपुर मोबाइल कम्प्लेक्सले एपेक्स डिजिटलको सहकार्यमा शोरुमको रिब्राण्डिङ गरेको हो । रिब्राण्डिङ गरिएको शोरुम शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरेको छ ।

कम्प्लेक्सले अब आफ्ना ग्राहकहरुलाई विश्वका चर्चित मोबाइल ब्राण्डहरुका साथमा विभिन्न घरायसी विद्युतिय उपकरणहरु पनि बिक्री गर्ने भएको छ । नयाँ शोरुममा एप्पलको आईफोन, सामसंग, ह्वावे, शाओमी, ओप्पो, जिओनी, नोकिया, लाभा, कलर्स, माइक्रोम्याक्स, वानप्लस,लगायतका ब्राण्डका स्मार्टफोनहरु उपलब्ध रहेका छन् । एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस, आइफोन सिक्स तथा सिक्स प्लस सूपथ मुल्यमा आधिकारिकरुपमा किन्न सकिनेछ ।

त्यसैगरि शोरुममा एलजी र भिडियोकोन ब्राण्डका टेलिभिजन, रेफ्रिजेरेटर, वासिंग मेसिन, एयर कण्डिसनर, भ्याकुम क्लिनरलगायतका घरायसी विद्युतिय सामाग्रीहरु सुपथ मुल्यमा किन्न सकिनेछ । ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले शोरुमको रिब्राण्डिङले ग्राहकहरुलाई थप सुविधा दिन सहयोग पुग्ने बताए ।

‘हामी हाम्रा ग्राहकहरुलाई मोबाइलका साथै आवश्यक पर्ने सम्पूर्ण घरायसी सामाग्रीहरु सुपथ मुल्यमा बिक्री गर्नेछौं, यहाँ ग्राहकहरुले सामाग्री किन्दा प्रत्यक्षरुपमा प्रयोग गरेर त्यसको बारेमा सम्पूर्ण जानकारी पाउने छन जसको लागि अनुभवी कर्मचारीहरु राखिएको छ,’ कम्प्लेक्सका अध्यक्ष बस्नेतले भने ।

शोरुमको पुन शुभारम्भको उपलक्ष्यमा ललितपुर मोबाइल कम्प्लेक्स तथा एपेक्स डिजिटलले सम्पूर्ण सामाग्रीहरुमा ५ देखि ५० प्रतिशतसम्म छुट दिनेछ । शोरुमको रिब्राण्डिङका साथमा मोबाइल केयर पनि शुरु भएको छ । शोरुममा नेपालमा कतै मर्मत हुन नसकेकोे मोबाइल पनि आधुनिक उपकरण र दक्ष प्राविधिकहरुद्धारा मर्मत गर्ने गरि छिटो र भरपर्दो मोबाइल सर्भिस सेन्टर शुरु भएको छ ।

यसका साथमा शोरुममा विभिन्न ब्राण्डका उच्चस्तरका एसेसरिजहरु टेम्पर ग्लास, सेल्फी स्टिकर, ब्लूटूथ स्पीकर, हेडफोन, पावर ब्यांक, डाटा केबललगायतका सामाग्रीहरु सूपथ मुल्यमा खरिद गर्न सकिनेछ । शोरुमले सिधै छिमेकी मुलुक चीनबाट उच्च गुणस्तरका विभिन्न एसेसरिज आयात गरेर बिक्री गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.