मोबाइल एक्सपोको अवधि एक साता थपियो, खरिदमा दुई मुभि टिकट सित्तैमा

  २०७४ असार १६ गते १२:४०     विकासन्युज

काठमाडौं । गोगंबुस्थित बिजीमलमा जारी सामसुङ मोबाइलमा एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्सपोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिती आएपछि मलले एक्सपो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो । मलकाअनुसार जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुई वटा टिकट सित्तैमा उपलब्ध गराइने छ ।

असार ७ गतेबाट संचालनमा आएको एक्सपोमा अवलोकनर्ताहरुको सहभागीता बढेपछि मलले नयाँ योजना सार्वजनिक गर्दै मोवाइलको खरिदमा अनिवार्य रुपमा बिएसआचर मुभिजको टिकट उपलब्ध गराउने व्यवस्था मिलाएका हो ।

एक्सपोमा अवलोकन कर्ताहरुको उल्लेखीय सहभागीता बढेपछि नयाँअफरका साथै मेलाअवधि बढाइएको एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।“एक्सोपमान्युनत्म हजार रुपैयाँदेखि ९९ हजार रुपैयाँसम्मका मोबाइलहरु बिक्रीकालागि राखिएका छन् । जूनसुकै मोबाइल खरिद गरेपनिहामीले बिएसआर मुभिजको जो बिजीमलमै रहेको छ । त्यसको दुई वटा टिकट फ्रिमाउपलब्ध गराउने छौ ”- तिमिल्सनाले भने ।

असार ७ गतेबाट सुरु भएको एक्सपोमा बिहीबारसम्ममा २५ हजार बढीले अवलोकन गरेका छन् भने पौने दुई करोड रुपैंया बढीको कारोबार भएको छ ।  असार २४ गतेसम्मजारी रहने मोवाइल एक्स्पो अवधि भर ग्राहकहरुले बिजीमलका सबै फेन्सी पसलहरुबाट २५ प्रतिशत छुट पाउने छन् । त्यस्तै प्रत्येका दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँचजनाले सेल्फी स्टीक पाउने पनिएक्स्पो संयोजक तिमिल्सनाले जानकारी दिए ।

चर्चित र अधिक प्रयोगमा रहेका अधिकांस मोबाइलको आधिकारिक शोरुम रहेको बिजीमलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइलशोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.