पुजा बगरीयाको पीबीजे अब काठमाडौंमा

  २०७४ असार १२ गते १३:४६     विकासन्युज

काठमाडौं । बैङ्गलोर इण्डियामा रहेको एक प्रख्यात डिजाइन स्टुडियो पुजा बगरीयाको पीबीजे अब काठमाडौंको नागपाखरीमा पनि आएको छ । सोमबार लन्च गरिएको यो ब्राण्डको डिजाइनर पुजा बगरीया र कम्पनीका निर्देशक प्रियम र बगरीले रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

पीबीजेले इण्डियाका मसुहर कलाकारहरु जस्तै विध्या बालन, अमृता राव, साना खान, डेजी शाह, डेविना बोनजी, मुग्धा घोड्से र अन्य महाराष्ट्रियन नायिकाहरु जस्तै अमृता खानभिलकर, अनिसा अम्ब्रोज र थुप्रै कलाकारहरुलाई आफ्नो पहिरनमा सजाइसकेको छ । पुजा बेगरीको पीबीजे इण्डियाभरी स्टाइलिस र ट्रेन्डी पहिरन स्वरुप चिनिन्छ ।

सन् २०१२मा पुजा बगरिया नाममा लन्च गरिएको डिजाइन स्टिुडियो केही वर्ष यता बाट पुजा बगरी झुन झनुबालाको नामले चिनिन्छ, जुन अहिले बेगलोरमै रहेको बेगरीयाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.