डाइमेटाइज् न्युट्रिसनको पौष्टिक आहार नेपाली बजारमा

  २०७३ चैत २७ गते १८:०१     विकासन्युज

काठमाडौं । अमेरिकी कम्पनी डाइमेटाइज् न्युट्रिसनको पौष्टिक आहार नेपाली बजारमा बिक्री शुभारम्भ भएको छ । यसको बिक्रीको थालनी मीनभवनस्थित ‘अल इन वन मार्ट मा रहेको बिक्री कक्षबाट शुभारम्भ गरिएको छ ।

एडभान्स फिटनेस सोलुसन नेपालले अमेरिकी कम्पनीको आधिकारिक बिक्रेताको रुपमा नेपालमा बिक्री वितरणको दायित्व लिएको छ । खासगरी विभिन्न व्यायाम (जिम ) मा अभिरुचि राख्नेहरुका लगि यो आहार उपयोगी मानिन्छ ।

बिक्री केन्द्रको उद्घाटन आइतबार गृहराज्यमन्त्री इन्द्र बानियाँ, समाजसेवी अस्मिता सुमार्गी, शारिरीक सुगंठन संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । शारिरिक सुगठनमा रुचि राख्ने युवाहरुको लागि डाइमेटाइज्का पौष्टीक आहारले उचित पोषणमा सहयोग गर्ने उनीहरुले बताए ।

डाइमेटाइज् कम्पनी सन् १९९४ मा स्थापना भएको हो । यसले विश्वका ५० भन्दा बढी मुलुकमा पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.