गल्फ लुब्रिकेन्टको टेक्निकल मिट सम्पन्न

  २०७३ चैत ८ गते १४:३५     विकासन्युज

काठमाडौं । गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्युब आयल र काठमाडौंका लागि आधिकारिक बितरक एभ ट्रेडिङ प्रालिको आयोजनामा राजधानीमा टेक्निकल मिट सम्पन्न भएको छ । उक्त टेक्निकल मिटमा दुई तथा चार पांग्रे सवारी साधनका मेकानिक्स, रिटेलर व्यवसायी तथा अटोमोबाइल सम्बद्ध दुई सय भन्दा बढी ब्यक्तिहरु सहभागी थिए ।

एभ ट्रेडिङका प्रबन्ध निर्देशक मधुसूदन सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला प्रमुख अतिथि र नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने तथा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष दिलबहादुर श्रेष्ठ विशिष्ट अतिथि थिए ।

उक्त अवसरमा महासंघका महासचिव सरोज सिटौलाले लुब्रिकेन्ट्सकै कारण यातायात व्यवसायीहरुको व्यवसाय समेत वृद्धि हुने र यसले सडक दुर्घटनामा समेत कमी ल्याउने कुरा बताए । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव न्यौपानेले मेकानिक्सहरुका लागि गरिएका यस प्रकारका कार्यक्रमले उनीहरुलाई लुब्रिकेन्टका विभिन्न प्रविधिको वारेमा जानकारी प्राप्त हुने बताए ।

नेपाल ल्युब आयल लिमिटेडका जीएम गंगाराज भट्टराईले गल्फले गुणस्तरमा कुनै सम्झौता नगरेको जानकारी दिदै गल्फ वातावरणका लागि समेत सचेत भएकाले लामो समय सम्म टिक्ने लुब्रिकेन्टको विकास गरेको बताए ।
उक्त अवसरमा गल्फ लुब्रिकेन्टको प्राविधिक पक्षका वारेमा जानकारी प्रदान गरिएको थियो ।

नेपाल ल्युव आयल लिमिटेडले २५ बर्ष भन्दा लामो समयदेखि गल्फ आयल निर्माण गरी बिक्री गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनल र गल्फ आयल भारतसँग प्राविधिक सम्झौता गरी लुब्रिकेन्ट निर्माण गरेको हो । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो । यसलाई ब्रान्डको रोयल्टी तिरेर नेपाल ल्युब आयलले प्रयोग गर्दै आएको छ । कम्पनीले सिंगापुर, दुबई र यूएईबाट कच्चा पदार्थ आयात गर्छ । कम्पनीले बार्षिक १ हजार किलोलिटर लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । यसको उत्पादन क्षमता वार्षिक ५ हजार किलोलिटर सम्म छ । नेपाली लुब्रिकेन्ट्सको १० प्रतिशत बजार हिस्सा गल्फले ओगटेको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.