यूनिभर्सल इलेक्ट्रोकमद्धारा हिट्याची ब्राण्डको शुरुवात, घरायसी उपकरणमा ख्याति प्राप्त

  २०७३ चैत ७ गते १७:२७     विकासन्युज

काठमाडौं । यूनिभर्सल इलेक्ट्रोकम लक्की ग्रुप अन्तर्गत हिट्याची ब्राण्डको शुभारम्भ भएको छ । सोमबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रमद्धारा उक्त ब्राण्डको शुभारम्भ भएको हो । हिट्याची जापानको एक नं. घरायसी उपकरणमा ख्यातिप्राप्त बिभिन्न व्यक्तित्व सेलिब्रेटी तथा सरकारी कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

हिट्याची जापानका प्रतिनिधिले यूनिभर्सल इलेक्ट्रोकोमसँग व्यापारीक साझेदारी रहेको खुलासा गर्नुका साथै आगन्तुकलाई प्रडक्टको बारेमा समेत जानकारी दिईएको थियो । हिट्याची प्राविधिक गुणले उच्च रहेकोले यो विभिन्न रुपले विश्व प्रख्यात हुनुका साथै टि.भि., एयर कन्डिस्नर, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर तथा ग्याँस चुल्हो नेपाली बजारमा भित्र्याएको छ ।

यूनिभर्सल इलेक्ट्रोकोमका सिइओ ललित मिश्रका अनुसार नेपाली बजारमा हिट्याचीको प्रोडक्टले ठूलो व्यापारीक हिस्सा ओगट्ने छ र नेपाली उपभोक्ताको मन जित्नेछ । साथै, यसको ऐतिहासिक विश्वव्यापी सफलताले गर्दा नेपालमा पनि धेरै सम्भावना रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.