सुविसुको ‘मोर देन एक्सपेक्टेड’ योजना अन्तर्गत ईन्टरनेट र टिभीमा ५० प्रतिशत छुट

  २०७३ मंसिर २२ गते १७:३५     विकासन्युज

काठमाडौं, २२ मंसिर । सुविसु केवल नेट प्रा.लि. ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि मोर देन एक्सपेक्टेड योजना प्रस्तुत गरेको छ । जस अन्तर्गत ग्राहकहरुले क्लियर टिभी एचडी सेटअप बक्स, मोडियम, वाईफाई राउटर जडान खर्च निःशुल्क रुपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

subisu-logoउक्त योजना अन्तर्गत ग्राहकहरुले क्लियर टिभीको प्याकेज २ हजार ९ सय ९९, र इन्टरनेट र टिभी कम्बो प्याकेज ७ हजार ९ सय ९९ मा प्राप्त गर्न सक्नेछन् । कम्पनीले ईन्टरनेट र टिभी सेवाका प्याकेजहरुमा ५० प्रतिशत भन्दा बढि छुट दिएको हो ।

उक्त योजना सिमित अबधिका लागि लागु गरिएको छ भने योजनामा केही शर्तपनि लागु हुने कम्पनीले जनाएको छ । सुबिसुले ग्राहकहरुलाई एउटै तारबाट ईन्टरनेट र टिभी सेवा प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.