काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले व्यवसायीहरुलाई होटलको कोठा भन्दा सपना बेच्ने योजना बनाउन सुझाएका छन् । ताइवानसँग दौत्य सम्बन्ध कायम भएको ४३ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बैरागीले व्यवसायिक योजना फेर्नुपर्ने बताएका हुन् ।

उनले भने-‘अब व्यवसायीले नेपालको सुन्दर चित्रको सपना विदेशीलाई बेच्नुपर्छ, यो सपना बेच्न सकियो भने होटलको कोठा बेच्न कष्ट गर्नु पर्दैन।’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शलका अध्यक्ष राजेशकाजी श्रेष्ठले ताइवानका बुद्धिस्ट पर्यटकलाई नेपालको लुम्बिनीमा ल्याउन सकिए नेपाली पर्यटनमा टेवा पुग्ने बताए । ताइवानमा २ करोड भन्दा बढी बुद्ध धर्म मान्ने भएकोले ताइवानी रहेकोले विमानस्थलमा स्तरउन्नतीमा जोड दिनु पर्ने बताए ।
अहिले नेपाल र ताइवानबिचको व्यपार अनुपात १:१९ रहेको छ । नेपालले ९ अर्बको आयात गर्दा ५४ करोडको मात्र निर्यात गर्ने गरेको छ । ताइवानबाट नेपालले आयातको कुल हिस्साको मोबाइलमात्रै २ तिहाई आयात गर्ने गर्दछ । नेपालले भने मासु जडिबुट्टी लगायतको सामाग्री निर्यात गर्दै आएको छ ।