क्षमापूजा गरेर काष्ठमण्डप पुनःनिर्माण शुरु

<p>काठमाडौ । सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माण शुरु भएको छ ।  विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको सोमबार पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले क्षमापूजा गरेर शुरु गरे। नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको हो । बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको र बिसेत नामका मानिसले कल्पतरुलाई चिनी [&hellip;]</p>

काठमाडौ । सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माण शुरु भएको छ ।  विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको सोमबार पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले क्षमापूजा गरेर शुरु गरे। नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको हो ।

बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको र बिसेत नामका मानिसले कल्पतरुलाई चिनी समातेर एउटा रुख उपलब्ध गराउने वाचा गराई छाडेपछि कल्पतरुले सालको काठ दिएको र त्यसैबाट मूर्तिविहीन मरुसतः बनाए जसलाई काष्ठमण्डप भनेर चिनिन्छ । पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको बताइन्छ । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयबाट भएको उत्खननपछि यो सातौँ शताब्दीको भएको इतिहासकारले बताएका छन् ।

अध्यक्ष शाक्यका अनुसार अब करीब चार महीना पुनःनिर्माणका लागि आवश्यक पर्ने सामग्री तयार गरिने र चार महिनापछि निर्माणको काम शुरु गरिने योजना छ । पुनःनिर्माण चार वर्षभित्र सकिने लक्ष्य छ ।

क्षमापूजाका अवसरमा सरीक संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सम्पदाको पुनःनिर्माण गर्न सके मात्र पर्यटन क्षेत्रको विकास हुने बताए । मन्त्री अधिकारीले भने्, “काष्ठमण्डप मात्र होइन, अन्य बाँकी सबै ऐतिहासिक सम्पदा जतिसक्दो छिटो पुनःनिर्माण गरिनुपर्छ, यसका लागि मन्त्रालयका तर्फबाट गर्नुपर्ने कामका लागि तयार छौँ ।”

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण गर्न ढिला भइसकेको छ भन्दै निर्माणका क्रममा आफ्नो र कामपाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सबै ऐतिहासिक सम्पदालाई मौलिक रुपमै निर्माण गर्नुपर्नेमा जोड दिए । रासस

Share News