एनजिओ/आइएनजीओको अखडामा नागरिकताको लफडा

<p>काठमाडौं । समाज कल्याण परिषदका निर्देशक शिवकुमार वस्नेतलाई विभागिय मन्त्रीले काखी च्याप्दा अनुसन्धान फितलो हुन पुगेको छ । दोहोरो नागरिकता लिएको भन्दै छानविनमा परेका बस्नेतलार्इृ मन्त्रीले साथ दिएपछि अनुसन्धान फितलो भएको हो । दोहोरो नागरिकता लिएको भन्दै निर्देशक बस्नेतमाथी गत ७ गते लिखित उजुरी परे पनि महिला बालबालिका, महिला र जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले [&hellip;]</p>

काठमाडौं । समाज कल्याण परिषदका निर्देशक शिवकुमार वस्नेतलाई विभागिय मन्त्रीले काखी च्याप्दा अनुसन्धान फितलो हुन पुगेको छ । दोहोरो नागरिकता लिएको भन्दै छानविनमा परेका बस्नेतलार्इृ मन्त्रीले साथ दिएपछि अनुसन्धान फितलो भएको हो ।

दोहोरो नागरिकता लिएको भन्दै निर्देशक बस्नेतमाथी गत ७ गते लिखित उजुरी परे पनि महिला बालबालिका, महिला र जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले अनुसन्धान रोक्न दबाब दिएकी हुन् ।

छानविनमा परेका वस्नेतलाई कारवाही गर्नुको सट्टा योजना शाखा र प्रशासन शाखाको दोहोरो जिम्मेवारी दिए पछि परिषदमा असन्तुष्टी बढेको हो ।

‘किर्ते नागरिकताको अभियोगमा छानविनमा राखेर कारवाही गर्नुपर्ने मानिसलाई उल्टै महत्वपुर्ण जिम्मेवारी दिइएको छ,’ परिषद स्रोतले भन्यो, ‘मन्त्री र सचिव विच पैसाको चलखेल नभएको भए किन थप जिम्मेवारी दिइयो ? यो शंकास्पद छ ।’

नागरिकता माथी छानविन भईरहेको वेला प्रशासन शाखाको जिम्मेवारी दिएर मन्त्रीले किर्ते काण्डमा जोगाउन खोजेको परिषदका कर्मचारीहरु बताउँछन ।

पहिलो नागरिकता अनुसार सेवामा प्रवेश गरेकाले अवकास पाइसक्नु पर्ने व्यक्ति दोस्रो नागरिकता अनुसार पदवहालमा नै रहेको भन्दै नविन योगीले गत वैशाख ७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।

Share News