अपी पावरको नाफा घट्यो, ९ महिनामा ३ करोड ८१ लाख मात्र

<p>काठमाडौं चालु आर्थिक वर्षको ९ महिनामा अपि पावर कम्पनी लिमिटेडको नाफा घटेको छ । कम्पनीले गत चैतसम्म ३ करोड ८१ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा अपीको नाफा ४ करोड ४४ लाख रुपैयाँ थियो । बिजुली बिक्रीबाट हुने आम्दानी घटेपछि यसको असर नाफामा परेको हो । चालु आवको ९ महिनामा [&hellip;]</p>

काठमाडौं चालु आर्थिक वर्षको ९ महिनामा अपि पावर कम्पनी लिमिटेडको नाफा घटेको छ । कम्पनीले गत चैतसम्म ३ करोड ८१ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा अपीको नाफा ४ करोड ४४ लाख रुपैयाँ थियो । बिजुली बिक्रीबाट हुने आम्दानी घटेपछि यसको असर नाफामा परेको हो ।

चालु आवको ९ महिनामा कम्पनीले ११ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी १२ करोड २३ लाख रुपैयाँ थियो । नाफा घटेपछि प्रतिसेयर आम्दानी ४.४८ रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा ५ रुपैयाँ ६५ पैसा थियो ।

१ अर्ब १३ करोड ४० लाख रुपैयाँ चुक्तापुँजी भएको कम्पनीको संचित कोषमा ४१ करोड ६५ लाख रुपैयाँ वचतमा छ । अपीको १ अर्ब ४३ करोड ४५ लाख रुपैयाँ दीर्धकालिन कर्जा छ ।

८.५ मेगावाटको नौगाड आयोजना सञ्चालन गरिरहेको अपीले ८ मेगावाटको अपर नौगाड निर्माण गरिरहेको छ । यस्तै ४० मेगावाटको अपरचमेलिया आयोजना निर्माणको तयारी थालेको छ ।

Share News