भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

<p>काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई गरेका छन् । प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हँदै शुक्रबार काठमाडौं आएका थिए। नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको [&hellip;]</p>

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई गरेका छन् ।

प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हँदै शुक्रबार काठमाडौं आएका थिए। नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए ।

काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै उनले दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भए ।

नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडौंमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा उहाँको यो तेस्रो नेपाल भ्रमण हो । मोदीको विदाईका लागि परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस्थल पुगेका थिए। रासस

Share News