
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल दृुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले नाफा बढाएको छ । गत चैतसम्म टेलिकमले ११ अर्ब ८५ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीका ११ अर्ब ३२ करोड रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी १०५ रुपैयाँ छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १०० रुपैयाँ थियो ।
समीक्षा अवधिमा टेलिकमले ३३ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा आम्दानी ३२ अर्ब ८६ करोड रुपैयाँ थियो । डलरको भाउ उतारचढाव हुँदा ७ करोड १२ लाख रुपैयाँ नोक्सान भएको टेलिकमले जनाएको छ । संचित कोषको आकार बढेर ७९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।