मोदीले स्वीकारे–वुद्ध नेपालमै जन्मिएका थिए

<p>काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम वुद्ध नेपालमै जन्मिएको स्वीकार गरेका छन् । जनकपुरमा आयोजीत नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपालमा लुम्बिनी रहेको र लुम्बिनीमा भगवान गौतम वुद्ध जन्मिएको स्विकार गरेका हुन् । उनले भनेका छन्–‘यो त्यो पवित्र भूमि हो , जहाँ लुम्बिनी छ, त्यो लुम्बिनी जहाँ भगवान वुद्धको जन्म भएको थियो ।’ [&hellip;]</p>

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम वुद्ध नेपालमै जन्मिएको स्वीकार गरेका छन् । जनकपुरमा आयोजीत नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपालमा लुम्बिनी रहेको र लुम्बिनीमा भगवान गौतम वुद्ध जन्मिएको स्विकार गरेका हुन् ।

उनले भनेका छन्–‘यो त्यो पवित्र भूमि हो , जहाँ लुम्बिनी छ, त्यो लुम्बिनी जहाँ भगवान वुद्धको जन्म भएको थियो ।’ मोदीले नेपाल आध्यात्म र दर्शनको केन्द्र भएको बताउँदै वुद्धिष्ट सर्किट र जैन सर्किटमा नेपाललाई पनि जोड्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

मोदीले नेपाल आउँदा वुद्ध नेपालमा जन्मिएको भन्ने गरेका छन भने भारत वा अन्य मुलुक जाँदा भारतलाई वुद्ध भूमिमा भनेर भ्रमको खेति गर्दै आएका छन् ।

Share News