२ नम्बर प्रदेशको विकासका लागि एक अर्ब सहयोग घोषणा

<p>काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकासका लागि एक अर्ब सहयोग घोषणा गरेका छन् । मोदीले एक अर्ब भारतीय रुपैंयाँ अर्थात एक अर्ब ६० करोड रुपैंयाँ अनुदान सहयोग दिने घोषणा गरेका हुन् । उनले नेपाल सरकार र २ नम्बर प्रदेशको समन्वयमा परियोजना पहिचान गरेर सो रकम खर्च गरिने बताएका हुन् । मोदीले वुद्धिष्ट सर्किट [&hellip;]</p>

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकासका लागि एक अर्ब सहयोग घोषणा गरेका छन् । मोदीले एक अर्ब भारतीय रुपैंयाँ अर्थात एक अर्ब ६० करोड रुपैंयाँ अनुदान सहयोग दिने घोषणा गरेका हुन् ।

उनले नेपाल सरकार र २ नम्बर प्रदेशको समन्वयमा परियोजना पहिचान गरेर सो रकम खर्च गरिने बताएका हुन् ।

मोदीले वुद्धिष्ट सर्किट र जैन सर्किटमा नेपाल र भारतलाई जोड्ने प्रतिवद्धता पनि व्यक्त गरे । ओलीले नेपालसँग जोडिएका भारतीय राज्यहरुको बिकासका क्रममा नेपाली भुभागको विकासमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले २ नम्बर प्रदेशको विकासका लागि नेपाल सरकारले अघि सार्ने योजनाहरुमा भारत सरकारले सहयोग गर्ने पनि बताए ।

Share News