विराटनगर औद्योगिक क्षेत्र पनि लोडसेडिङ मुक्त, जेठ १५ पछि सबै उद्योगलाई नियमित बिजुली

<p> काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि विराटनगर औद्योगिक क्षेत्रलाई पनि लोडसेडिङ मुक्त गरेको छ ।  एक साता अघि मात्र परीक्षणको रुपमा हेटौडा–वीरगञ्ज औद्योगिक करिडोरमा लोडसेडिङ हटाएको विद्युत प्राधिकरणले बुधबारदेखि विराटनगर पनि लोडसेडिङ मुक्त गरेको हो । अब क्रमश अन्य औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनले बुटवल, भैरहवा र नेपालगञ्ज [&hellip;]</p>

 काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि विराटनगर औद्योगिक क्षेत्रलाई पनि लोडसेडिङ मुक्त गरेको छ ।  एक साता अघि मात्र परीक्षणको रुपमा हेटौडा–वीरगञ्ज औद्योगिक करिडोरमा लोडसेडिङ हटाएको विद्युत प्राधिकरणले बुधबारदेखि विराटनगर पनि लोडसेडिङ मुक्त गरेको हो ।

अब क्रमश अन्य औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनले बुटवल, भैरहवा र नेपालगञ्ज औद्योगिक क्षेत्रमा आउदो जेठ १५ गतेपछि लोडसेडिङ मुक्त गर्ने तयारी भइरहेको सुनाए । विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझ पिक आवरमा दैनिक ३ घण्टासम्म लोडसेडिङ गर्दै आएको छ ।

अब विराटनगर र वीरगञ्ज औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने छैन् । औद्योगिक क्षेत्रमा ३ सय मेगावाट बराबर लोडसेडिङ हुदै आएको थियो । नियमित रुपम बिजुली आपूर्ति भएपछि माग पनि घटेर २०० मेगावाटमा झर्ने उनले जानकारी दिए । औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त गरेपछि मुलुकको उद्योग उत्पादनमा विस्तार हुने भएको छ ।
अधिकारीका अनुसार हाल बिजुलीको माग १ हजार २८५ मेगावाट छ । भारतबाट समेत गरी १ हजार ७५ मेगावाट आपूर्ति भइरहेको छ । यस्तै २१० मेगावाट अपुग भएको छ । भारतबाट मात्रै ५०१ मेगावाटसम्म बिजुली आयात भइरहेको छ । २ वर्षअघि विद्युत प्राधिकरणले ग्राहस्थलाई नियमित रुपमा बिजुली आपूर्ति गर्न थालेको हो ।

नियमित रुपमा बिजुली आपूर्ति भएपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सरकारी तथ्याँकले देखाएको छ । नियमित रुपमा ऊर्जा आपूर्ति भएपछि औद्योगिक उत्पादन क्षमता बढेर ५८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ ।

Share News