प्रतिनिधि र राष्ट्रिय सभालाई परिसंघको समृद्धिको मार्गचित्र

<p>काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आर्थिक समृद्धिको लागि विद्यमान कानूनमा समसामयिक सुधार आवश्यक रहेको बताए । त्यसतर्फ समेत सरकारले पहल गर्ने उनको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा बुधबार गएको परिसंघका प्रतिनिधि मण्डलसँगकाे भेटको क्रममा सभामुख महराले अर्थिक समृद्धिको लागि अवश्यक कानूनलाई सुधार गर्दै लैजाने प्रतिवद्धता जनाए । उक्त [&hellip;]</p>

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आर्थिक समृद्धिको लागि विद्यमान कानूनमा समसामयिक सुधार आवश्यक रहेको बताए । त्यसतर्फ समेत सरकारले पहल गर्ने उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा बुधबार गएको परिसंघका प्रतिनिधि मण्डलसँगकाे भेटको क्रममा सभामुख महराले अर्थिक समृद्धिको लागि अवश्यक कानूनलाई सुधार गर्दै लैजाने प्रतिवद्धता जनाए ।

उक्त भेटमा प्रतिनिधि र राष्ट्रिय सभाका प्रमुखरु समक्ष परिसंघ—प्रवुद्ध परिषदले तयार पारेको आर्थिक समृद्धिको मार्ग चित्र प्रस्तुत गरिएको थियो ।

प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे समेत उपस्थित रहेको सो वैठकमा परिसंघका अध्यक्ष शर्माले सभामुख र उपसभामुखलाई मार्गचित्र सहितको उक्त दस्तावेज बुझाएका थिए । जसबाट सरकारलाई आर्थिक विकासका एजेण्डा तयार गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

Share News