काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विदेशी सहायतालाई अब ठुला पुर्वाधारको लागि मात्र प्रयोग गरिने बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा खतिवडाले सो कुरा बताएका हुन् ।
बैठकमा खतिवडाले वैदेशिक सहायतालाई अब ठुला पुर्वाधारका लागि मात्रै प्रयोग गरिने, सामजिक सुरक्षालाई थप विस्तार गर्दै एकिकृत बनाईने बताए । निजी क्षेत्रलाई समाजिक जिम्मेवारी सहितको राष्ट्रिय पुँजी निर्माणमा लगाउने तयारी सरकारले गरको छ ।
तीनै तहका सरकारहरुबिच सहकार्य साना भई सानो आयोजनामा बजेट विनियोजन हुने छैन् । मौलिक हकहरुकोको कार्यान्वयन सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याइनेछ ।
सबै नेपालीलाई गुणस्तरिय शिक्षा र निजी तथा सरकारी शिक्षाबिचको विभेद घटाउने रणनीतिक सडक, द्रुत मार्ग, रेलमार्ग र ठुला जलविद्युत आयोजना प्राथमिकतामा, जलमार्ग विकासको काम अघि बढाइने मन्त्री खतिवडाले जानकारी दिए ।