नक्कली शैक्षिक प्रमाण पत्रले जागीर खाने शिक्षक सन्तबहादुर बोटे विरुद्ध अदालतमा मुद्दा दायर

<p>काठमाडौं । नक्कली प्रमाण पत्र देखाई जागिर खाने शिक्षक सन्तबहादुर बोटे विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । दुर्गा भवानी प्रथमिक विद्यालय, कावासोती नवलपरासीमा कार्यरत शिक्षक बोटेले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागीर खाएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । बोटेले उत्तर प्रदेश भारतवाट हाइस्कूल पास गरेको झुट्टा [&hellip;]</p>

काठमाडौं । नक्कली प्रमाण पत्र देखाई जागिर खाने शिक्षक सन्तबहादुर बोटे विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

दुर्गा भवानी प्रथमिक विद्यालय, कावासोती नवलपरासीमा कार्यरत शिक्षक बोटेले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागीर खाएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

बोटेले उत्तर प्रदेश भारतवाट हाइस्कूल पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सेवामा बहाल रही लाभ समेत लिएको देखिन आउको अख्तियारले जनाएको छ ।

बोटे विरुद्ध भ्रष्टाचार निवारण ऐन,२०१७ अनुसार छ महिना देखि एक बर्षसम्म कैद र दश हजार रूपियाँ देखि बीस हजार रूपियाँ सम्म जरिवाना हुन मागदावी लिइ सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने ६ जना सरकारी कर्मचारीलाई अख्तियारले समात्यो

Share News