ऊखुको खोस्टाबाटै बिजुली, रिलायन्स सुगरले एक बर्षभित्र ३ मेगावाट उत्पादन गर्ने

<p>काठमाडौं । रिलायन्स सुगर एन्ड केमिकल्स इन्डष्ट्रिज प्राइभेट लिमिटेडले ऊखुको खोस्टाबाट ३ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । ऊखुको खोष्टाबाट बिजुली उत्पादन गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले रिलायन्सलाई अनुमतिपत्र (लाइसेन्स) दिन प्रक्रिया अघि बढाएको छ । ऊर्जाबाट लाइसेन्स पाएपछि उद्योगले १ वर्षभित्र ऊखुको खोष्टाबाट ३ मेगावाटसम्म बिजुली उत्पादन गर्नेछ । सरकारले ३५ [&hellip;]</p>

काठमाडौं । रिलायन्स सुगर एन्ड केमिकल्स इन्डष्ट्रिज प्राइभेट लिमिटेडले ऊखुको खोस्टाबाट ३ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ ।

ऊखुको खोष्टाबाट बिजुली उत्पादन गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले रिलायन्सलाई अनुमतिपत्र (लाइसेन्स) दिन प्रक्रिया अघि बढाएको छ । ऊर्जाबाट लाइसेन्स पाएपछि उद्योगले १ वर्षभित्र ऊखुको खोष्टाबाट ३ मेगावाटसम्म बिजुली उत्पादन गर्नेछ । सरकारले ३५ दिनपछि रिलायन्सलाई बिजुली उत्पादनका लागि लाइसेन्स दिनेछ ।

१ हजार ५०० किलोवाटको २ वटा प्लाण्टबाट बिजुली उत्पादन गर्ने उद्योगले जनाएको छ । नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री (पीपीए) सम्झौता पनि अन्तिम चरणमा पुगेको छ । ऊखुको खोष्टाबाट बिजुली उत्पादन अनुमति पाउनेमा रिलायन्स पहिलो चिनी उद्योग हो ।

उद्योगले खपत गरेपछि बढी भएको बिजुली विद्युत प्राधिकरणलाई बिक्री गर्न लागेको हो । वर्षको ३ महिना बिजुली उत्पादन हुनेछ । उद्योगले पेलेको ऊखुको खोष्टा कच्चा पदार्थको रुपमा प्रयोग गरी बिजुली उत्पादन गर्नेछ ।

उद्योगले १५ मेगावाट बिजुली उत्पादन गर्नका लागि गत माघ १० गते नेपाल विद्युत प्राधिकरणसंग विद्युत जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ । यस्तै उद्योग विभागबाट २१ मेगावाटसम्म बिजुली उत्पादन गर्न स्वीकृति पनि पाएको छ ।

उद्योगबाट उत्पादन हुने बिजुली बाराको परवानीपुरस्थित १३२ केभी क्षमताको प्रसारणलाइनमा जोडिने छ । उद्योग बाराको मनहर्वा गाउँपालिकामा रहेको छ ।

सरकारले ०७२ सालमा ल्याएको राष्ट्रिय ऊर्जा संकट तथा विद्युत विकास दशक सम्बन्धि अवधारणापत्र र कार्ययोजनाअनुसार रिलायन्सले ऊखुको खोष्टाबाट बिजुली उत्पादन गर्न अनुमति पाउन लागेको हो । चिनी उद्योगले ऊखुको खोष्टाबाट बिजुली उत्पादन गर्न दिने निर्णय मन्त्रिपरिषदको बैठकले ०७२ जेठ २० गते गरिसकेको छ ।

रिलायन्स र विद्युत विकास विभागबीच गत असोज २९ गते बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोड्ने करार सम्झौताअनुसार सरकारले रिलायन्सलाई लाइसेन्स दिन लागेको हो ।

 

 

Share News